मुख्य न्यायाधिवक्ताको कार्यालय

कोशी प्रदेश, विराटनगर

महान्यायाधिवक्तालाई निजको काममा सहयोग पुर्याउन निजी सचिवालय रहेको छ । सो सचिवालयको काम देहाय बमोजिम हुने ब्यवस्था महान्यायाधिवक्ताको कार्यालयको कार्य सञ्चालन तथा कार्य विवरण निर्देशिका २०७३ ले गरेको छ । महान्यायाधिवक्ताको सचिवालयबाट देहाय बमोजिमका कार्य सम्पादन हुनेछन्:

१. महान्यायाधिवक्ता समक्ष पेश हुने मिसिलहरू अध्ययन गरी महान्यायाधिवक्तालाई जानकारी गराउने ।

२. महान्यायाधिवक्ता समक्ष पेश हुने मिसिल, कागजात तथा चिठ्ठीपत्रहरूको अभिलेख व्यवस्थित गर्ने ।

३. नेपाल कानून व्यवसायी परिषद् तथा नेपाल नोटरी पब्लिक परिषद् लगायत महान्यायाधिवक्ताबाट सम्पादन हुने विभिन्न कार्यक्रमहरूलाई व्यवस्थित रूपमा अभिलेख  गराउने ।

४. अन्य व्यक्तिसँगको महान्यायाधिवक्ताको भेटघाटको समय निर्धारण तथा त्यसको कार्यक्रम र तालिका बनाई भेटघाटलाई व्यवस्थित बनाउने ।

५. महान्यायाधिवक्ताको कार्यकक्ष र सचिवालयको लागि आवश्यक पर्ने सरसामान र पुस्तकहरूको व्यवस्थापन गर्ने ।

६. महान्यायाधिवक्ताको कार्यकक्षमा हटलाइन टेलिफोन र अनलाइन कम्प्लेन्टको व्यवस्था गरी प्राप्त सूचनाहरूको टिपोट बनाई महान्यायाधिवक्ता समक्ष पेश गर्ने ।

७. महान्यायाधिवक्तालाई भेट्न आउने व्यक्तिहरूलाई मुस्कान सहितको आतिथ्यता प्रदान गर्दै आवश्यक सहयोगको प्रबन्ध गर्ने ।

८. नियम २२ बमोजिमको समन्वय समितिको बैठक बोलाउने र सञ्चालन गर्ने ।

९. प्रशासकीय विषयमा महान्यायाधिवक्ताबाट दिइएका आदेश र निर्णयहरूको कार्यान्वयनको लागि सम्बद्ध विभाग वा महाशाखामा संप्रेषित गरी कार्यान्वयनको अवस्थाबारे जानकारी लिई महान्यायाधिवक्ता समक्ष पेश गर्ने ।

१०. व्यवस्थापन समिति समक्ष पेश गर्नु पर्ने विषयलाई महान्यायाधिवक्ता समक्ष पेश गरी निर्देशन भए अनुसार व्यवस्थापन समितिको वैठक वोलाई सञ्चालन गर्नुका साथै निर्णय कार्यान्वयनका लागि सम्वन्धित विभागलाई लेखी निरन्तर अनुगमन गर्ने ।

११ महान्यायाधिवक्ताबाट भएका निर्णयहरू र महान्यायाधिवक्ताको अध्यक्षतामा भएका बैठकका निर्णयहरू कम्प्युटर समेतमा अभिलेखिकरण गर्ने ।

१२. महान्यायाधिवक्ताले तोकेका मुद्दाहरूमा बहस पैरवीको काम गर्ने ।

१३. महान्यायाधिवक्ताबाट सम्पादन हुने कामको व्यवस्थापन सम्बन्धी आवश्यक अन्य काम    गर्ने ।

facebook

सम्पर्क

मुख्य न्यायाधिवक्ताको कार्यालय
प्रदेश नम्बर १,बिराटनगर, मोरंग
chiefattorney.province1@gmail.com
फोन: ०२१-५७०९०७,५७०६२८